Logo
Logo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको छ : ईश्वर पोखरेल


2k
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका छन् । उनले पार्टी महासचिव शंखर पोखरेलले नै सदस्यता नवीकरण गरिसकेको कुरा भनिसकेकाले त्यही नै सत्य भएको बताए । 

The current image has no alternative text. The file name is: ishower.gif

अहिले भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जिम्मेवारीका बारेमा छलफल गरिरहेको उनले दाबी गरे । ‘अब जहाँसम्म जिम्मेवारीको कुरा छ, कहाँ, के भन्नेबारेमा परामर्श छलफल हुँदै छ,’ उनले भने । 

पार्टी प्रवक्ताले उहाँको सदस्यता होल्डमा रहेको भन्नुभयो नि ? भन्ने प्रश्नमा उनले उनैलाई सोध्न भने। ‘अब को प्रवक्ताले भन्नुभयो, प्रवक्तालाई नै सोध्नुस्,’ उनले भने ।

हिजो बसेको पोलिटब्यूरो बैठकले भण्डारीको सदस्यता नवीकरण नभइसकेको निष्कर्ष निकाल्दै उचित समयमा उचित निर्णय लिने जनाएको थियो । यसपछि भण्डारी आज ओली भेट्न पार्टी मुख्यालय च्यासल पुगेका छन् ।

यस्तै, एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पनि भण्डारीको पार्टी सदस्यता दुई वर्षका लागि नवीकरण गरिसकेको दाबी गरेका छन् ।

उनले भने, ‘‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको पनि त्यसैबेला गर्नुभएको हो, र यो वर्षको पनि भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्