Logo
Logo

नाउपाको केन्द्रीय समिति बैठक बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम


4.7k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का २० नेताले अध्यक्ष रञ्जिता श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएका छन् । शुक्रवार बसेको बैठकमा नाउपाका पदाधिकारी र केन्द्रीय कमिटीका २० सदस्यले पार्टी विधानको दफा ४१, उपदफा ६ अनुसार बैठक बोलाउन माग गरेका हुन् ।

The current image has no alternative text. The file name is: RanjitaShrestha_20221122172123.jpg

अल्टिमेटम दिनेमा पुन्न बहादुर बुढा, विपद राम डगौरा, आलोक चौधरी, गंगाराम चौधरीलगायत छन् । नेताहरूले पार्टी गतिशील बनाउन केन्द्रीय समिति बैठक आवश्यक भएको, तर अध्यक्ष रञ्जिताले बैठक बोलाउन आनाकानी गरेको आरोप लगाएका छन् । २४ घण्टाभित्र बैठक नबोलाए आगामी ११ गते काठमाडौंमा बैठक बस्ने जानकारी पत्रमार्फत रञ्जितालाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्