Logo
Logo

सार्वजनिक स्थानमा चल्दै आएको वाईफाई बन्द हुने


1k
Shares

काठमाडौं । सार्वजनिक स्थानमा चल्दै आएको वाईफाई अब बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सञ्चालन विनियमावली २०७५लाई संशोधन गर्दै यस्तो वाईफाई बन्द गर्न लागेको हो । 

The current image has no alternative text. The file name is: free-wifi.png

प्राधिकरणले दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाबाहेकका अन्य संस्थाले सार्वजनिक स्थानमा दिइरहेको वाईफाई बन्द गर्नुपर्ने गरी विनियमावली संशोधन गरेको हो । 

अन्यले ुनिश्चित क्षेत्र वा परिधिु भित्र भने वाईफाई सञ्चालन गर्न पाउनेछन् । यस्ता संस्थाले कुनै भवन वा सो भवनले ओगटेको घर कम्पाउण्ड, बसपार्क, विमानस्थल, अस्पताल, रेस्टुरेन्ट, सपिङमल, उद्यान, बगैँचा आदि सार्वजनिक स्थलले ओगटेको निश्चित क्षेत्रफल भएको स्थानमा वाई फाई सञ्चालन गर्न पाउनेछन् । 

त्यस्तै, यस्ता संस्थाले एक पटकमा निश्चित समयावधिको लागि वा निश्चित मात्रामा मात्र सार्वजनिक स्थानमा वाई फाई हटस्पट स्थापना गर्न सक्ने व्यवस्थामा भने रोक लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्