काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवप्रवर्द्धनमार्फत सामाजिक रूपान्तरणको पक्षमा कांग्रेस उभिँदै आएको बताएका छन् ।

नेपाली कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स लगाएत नयाँ प्रविधिबाटै मुलुकको विकासमा योगदान पुग्न सक्ने समेत बताए ।
उनले कांग्रेसले सूचना प्रविधिका माध्यमबाट आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्नका साथै बिशेषगरि जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि मैत्री नीति अपनाउने पक्षमा रहेको बताए ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्ने देउवाले विश्वास व्यक्त गरे । उनले घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैङ्किङ, डिजिटल शिक्षा,स्वास्थ्यसेवा र प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल र समावेशी बनाउँदै ल्याएको बताए ।














