Logo
Logo

कांग्रेस बागमतीमा किचलो : दुई सांसदले फिर्ता लिए लामाविरूद्धको अविश्वास प्रस्ताव


2k
Shares

काठमाडौं । बागमती प्रदेश सभाका दुई सांसदले मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।

कांग्रेस सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले आफूहरुलाई जानकारी नै नगराई हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू मुख्यमन्त्री लामाकै समर्थनमा रहेको बताएका छन् ।

‘बागमती प्रदेश संसदीय दलका नेता माननीय बहादुर सिंह लामा (तामाङ्ग)को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो प्रस्तावको विषयमा चाहिँ जानकारी नै गराई हस्ताक्षर गराइएकोमा सो मा हामीहरुको असहमति रहेकाले उक्त अविश्वास प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता माननीय बहादुर सिंह लामालाई समर्थन रहेको व्यहोरा गराउछौँ,’ जारी विज्ञप्तिमाा भनिएको छ ।

दुई सांसदले ११ सााउनमाा जारी गरेको विज्ञप्ति आज सार्वजनिक गरिएको छ । लामा अहिले बागमती प्रदेशमा कांग्रेस र एमालेको संयुक्त सरकारमा मुख्यमन्त्री छन् । प्रदेशमा कांग्रेसका जम्मा ३७ सदस्यमध्ये संसदीय दलको नेता परिवर्तनका लागि उनीहरु दुई सहित २१ सांसदले इन्द्रबहादुर बानियाँको पक्षमा हस्ताक्षर गरेका थिए ।

अब दुई सांसदले फिर्ता लिएसँगै मुख्यमन्त्री लामाको पक्षमा १८ जना सांसद रहेका छन् भने बानियाँका पक्षमा अब १९ जना रहेका छन् । ३७ सांसद रहेको संसदीय दलमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्