
काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी गतिविधिलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच दुई दिन भएको छलफलपछि आज बस्नेगरी मोर्चाको बैठक बोलाइएको हो । प्रचण्ड–माधवबीच पार्टी एकताका विषयमा छलफल भएको बताइन्छ ।
मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले पनि प्रचण्ड माधवसहित दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए ।














