Logo
Logo

चालू आर्थिक वर्षमा सरकारले १२१ वटा नयाँ कानुन बनाउने


378
Shares

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ मा १२१ नयाँ कानुन बनाउने लक्ष्य राखेको छ । नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा यी कानुन तर्जुमा गर्न लागिएको हो ।

The current image has no alternative text. The file name is: samiti-7.gif

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मङ्गलवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा यो जानकारी दिए । उनका अनुसार सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी प्राथमिकताक्रम निर्धारण गरेर १२१ विधेयकको सूची सङ्घीय संसद्मा पेश गरिएको छ ।

मन्त्री चौरसियाले विधेयकको मस्यौदामा प्रत्यायोजित विधायनको व्यवस्था भएमा त्यसको मस्यौदा पनि समावेश गरी पठाउने र स्वीकृत विधायन सात दिनभित्र कानुन मन्त्रालयमा दर्ता गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्