जनकपुरधाम । सिरहामा एक वृद्धको हत्या भएको छ । धनगढीमाई नगरपालिका–११ आमचोकका ७५ वर्षीय अनिल लाल यादवको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार गएराति सुतेकै ठाउँमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी उनको हत्या गरेको हो ।
उनका अनुसार उनी घाइते भएको आज बिहान साढे ६ बजेतिर प्रहरीलाई खबर आएको थियो । उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको डीएसपी पासवानले बताए ।














