Logo
Logo

कांग्रेस बागमती : दलको नेतामा लामा र बानियाँबीच प्रतिष्पर्धा


882
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ ।

मंगलबार संसदीय दलको बैठकमा मतविभाजनबाट विश्वार गुमाएका लामा र बानियाँले आज संसदीय दलको नेता बन्न उम्मेदवारी दिएका हुन् ।

मुख्यमन्त्री लामाको प्रस्तावकमा तिर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् ।

त्यस्तै बानियाँको समर्थकमा सांसद याङ्किला शेर्पा तथा प्रस्तावमा कृष्णकुमार तामाङ रहेका छन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ । यसअघि मंगलबार लामाविरुद्धको अविश्वास प्रस्तावमा मतविभाजन हुँदा उनले विश्वास गुमाएका थिए ।

लामाको अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्रीको लागि निक्र्यौल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्