Logo
Logo

मन्त्रालय तानिए दुई जिल्लाका सीडीओ


12.5k
Shares

काठमाडौं । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरुलाई मन्त्रालयमा तानिएको हो ।

रुपन्देहीमा डा. टोकराज पाण्डे र सिन्धुपाल्चोक बन्धुप्रसाद बास्तोलालाई पठाउने निर्णय गरिएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ । यो निर्णय सोमबार गरिएपनि आइतबारबाट रिक्त भएको मन्त्रालयको प्रवक्ता मन्त्री लेखकले कसैलाई तोकेनन् ।

गत असार ३१ गते मन्त्रालयको प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो । उनी आइतबार मन्त्रालयबाट बिदा भई विभागमा हाजिर भएपछि प्रवक्ता रिक्त भएको हो ।

मन्त्रालयको प्रवक्तामा अध्यागमन विभागको महानिर्देशकबाट मन्त्रालयमा तानिएका सहसचिव गोविन्द रिजाल र मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव जयनारायण आचार्यको सम्भावना छ । दुवै जना काठमाडौँका प्रमुख जिल्ला अधिकारी भइसकेकाले उनीहरूमध्ये एकजना मन्त्रालयको प्रवक्ता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्