Logo
Logo

हायु परिवारलाई फर्काउन वडाध्यक्ष पुगे पोखरा, नयाँ घर बनाइदिने आश्वासन


6.2k
Shares

काठमाडौं । घर छोडेर हिँडेको हायु परिवारलाई फर्काउन गोलञ्जोर–६, सिन्धुलीका वडाध्यक्ष रवीन श्रेष्ठ पोखरा पुगेका छन् ।

उनले उक्त परिवार फर्किए तत्कालका लागि अस्थायी टहरा र पछि पक्की घरसमेत बनाइदिने आश्वासन दिएका छन् ।

उनका अनुसार, परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य ५२ वर्षीया उर्मिला हायूले त्यस घरमा बस्नै मन नलागेको र भित्रैदेखि डर लाग्ने गरेको बताएकी छन्। तर जेठा छोरा राजुचाहिँ घर फर्कन सहमत भएका छन् ।

सिन्धुलीको गोलञ्जोर६ को १६ जनाको हायु परिवार अहिले पोखराको गगनगौँ गएर बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्