Logo
Logo

को बन्ला नाउपाको अध्यक्ष ?


2.6k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आज राष्ट्रिय भेला बस्दैछ । नयाँ बानेश्वरमा बस्ने भेलाले पार्टीको अध्यक्ष तोक्दैछ । बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ ।

पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठलाई डगौरा नेतृत्वको अनुशासन समितिले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नदिइ वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । उनी भेलामासमेत अनुपस्थित भएपछि बुधबार अनुशासन समितिको बैठकले उनलाई अध्यक्षबाट हटाएको हो ।

श्रेष्ठलाई अध्यक्षबाट हटाएकाले नयाँ नेतृत्व चयन गर्नुपरेको संयोजक रामलाल डगौरा थारूले बताए । नाउपाले अध्यक्ष कसलाई तोक्ने भन्ने निर्णय गरेको छैन । तर, नाउपाभित्र अध्यक्षका आकांक्षीमा लालवीर चौधरी, रामलाल डगौरा र गंगा चौधरीको नाम चर्चामा छ ।

अहिले गंगा चौधरी संसदीय दलको नेता छन् । रामलाल टीकपुर नगरपालिकामा मेयरक हुन् भने लालवीर संरक्षक रेशमका पिता तथा प्रतिनिधि सभा सदस्य हुन् । उनले नाउपाकै समर्थनम बर्दियाबाट स्वतन्त्र सांसद जितेका थिए ।

नाउपाले नयाँ केन्द्रीय कार्यसमिति चयनको तयारी गरेपनि निर्वाचन आयोगमा अद्यावधिक भएको छैन । रञ्जिता पक्षका एक केन्द्रीय सदस्यका अनुसार पार्टी विधानले अध्यक्षलाई सर्वेसर्वा बनाएको छ ।

महाधिवेशनले बाहेक अध्यक्षलाई हटाउने विधानमा परिकल्पना गरिएको छैन । रञ्जिताले निर्वाचन आयोग र कानुनवेत्तासँग परामर्श गरेर नै कार्यवाहक तोकेको ती नेताको दाबी छ । मुद्दा विचाराधीन रहेकैबेला नयाँ कार्यसमिति अद्यावधिक हुन नसक्ने ती नेताको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्