Logo
Logo

बागमतीका नवनियुक्त तीन मन्त्रीको सपथ आज


3.7k
Shares

काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण आज हुँदैछ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई विहीबार दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम छ ।

बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो १ बजेका लागि तय भएको बताए । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण विहीबार मात्र हुन लागेको हो ।

संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्