
काठमाडौं । नेकपा एमालेले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।
आफ्ना सांसद दीपक बोहोराको निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा निर्वाचनका लागि एमालेले एक महिलासहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न भनेको हो ।
एमाले महासचिव शंकर पोखरेलले बुधबार जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाउँदै भदौ १५ भित्र उम्मेदवारको नाम पठाउन भनेका छन् ।
मातहतका कमिटीबाट आएका नाममध्ये एमाले केन्द्रीय सचिवालयले एउटा नाम अनुमोदन गर्ने छ । निर्वाचन आयोगले उक्त निर्वाचन क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ ।














