Logo
Logo

कांग्रेसको आन्तरिक कलहको मारमा बागमती प्रदेश प्रमुख


882
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले बागमती प्रदेशको राजनीतिमा  सङ्कट निम्त्याएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्र बानियाँबीचको टकरावले प्रदेश प्रमुख दीपकप्रसाद सापकोटालाई समेत छोएको छ ।

The current image has no alternative text. The file name is: bahadur-indra-baniya.jpg

गत वर्ष मुख्यमन्त्री बनेका लामाविरुद्ध  बानियाँले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । बुधवार भएको मतदानमा बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मत पाए, एक मत बदर भयो । दलको नेता पद गुमाएका लामाले मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका छन् ।

उता, बानियाँले आफू दलको नेता चुनिएकाले मुख्यमन्त्री पद आफ्नो हक दाबी गरेका छन् । विवाद चर्किरहँदा लामाले बुधवार तीन नयाँ मन्त्री–गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ नियुक्त गरे । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने अन्य दुई मन्त्रीको जिम्मेवारी तोकिएको थिएन ।

यी मन्त्रीहरूको शपथ बिहीबार दिउँसो १ बजे तय भएको थियो, तर प्रदेश प्रमुख सापकोटाको अचानक स्वास्थ्यमा समस्या आएपछि शपथ स्थगित भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जारी गरेको विज्ञप्तिमा सापकोटा उपचारका लागि काठमाडौं गएकाले शपथ कार्यक्रम अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ ।

यसैबीच, सत्ता साझेदार नेकपा एमालेले कांग्रेसको संस्थागत निर्णय नआएसम्म कसैको पक्ष नलिने बताएको छ । कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएर लामाविरुद्ध अविश्वास प्रस्तावमा साथ दिएपछि लामाको स्थिति कमजोर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्