Logo
Logo

तराईको पानी भारतले खिचेको हुनसक्छ : वामदेव गौतम


4.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराई मधेसमा देखिएको पानीको समस्या समाधानका लागि प्रत्येक पाँच किलो मिटरमा पोखरी निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पानीको समस्या समाधानका लागि पोखरी निर्माणको प्रस्ताव राख्दै तराई भू–भागमा पानीको समस्या हुनुमा भारतले खिचेको हुनसक्ने गौतमले आशङ्का गरे । 

The current image has no alternative text. The file name is: bamdev-2.gif

उनले भने, ‘ठोरीको नहरबाट आठ जिल्लामा जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ लगेर पानी रिचार्ज गर्न सकिन्छ । ५/६ दिनसम्म रिचार्ज गर्ने हो भने गहिराइको आधारमा खर्च पनि त्यही किसिमले गर्ने । राजमार्गभन्दा दक्षिणतर्फ हरेक पाँच किलोमिटर पोखरी निर्माण गर्ने । आठ जिल्लामा ४० वटा पोखरी निर्माण गरौँला । जहाँ–जहाँ पानी जम्मा गर्न सकिन्छ जम्मा गर्दै जाने । यसका लागि २५/३० हजार कामदार खटाउन सक्यौँ भने दुईरतीन महिनामा हामीले परिणाम दिन सक्छौँ’, उनले भने । 

उनले यही तरिकाले देशका अन्य ठाउँमा पनि पानीको समस्या हल गर्न सकिने बताए ।  उनले चुरेमा पानी नहुने दाबी गर्दै उनले करोडौँ वर्षदेखि नै त्यहाँ ग्यागरिङ रहेकाले पानी आउने तर जम्मा नहुने  बताए । नेपालको तराई भू-भागमा पानीको समस्या हुनुमा भारतले खिचेको हुनसक्ने गौतमले आशङ्का गरे । त्यसका लागि जासुसी तरिकाले हेर्न जानुपर्ने उनको भनाइ छ । 

‘मलाई शङ्का के लागेको छ भने भारतले नेपालको सिमानामा रहेको १०/२० किलोमिटर जमिनको पानी सबै खिचेको छ । समस्या त उसलाई पनि छ । झन् बढी समस्या भारतलाई छ । त्यसकारण त्यहाँ हेर्न जानुपर्छ । जासुसी तरिकाले अध्ययन गर्न जानुपर्छ’, गौतमले भने । 

प्रतिक्रिया दिनुहोस्