काठमाडौं । करिब ६ करोड रुपियाँ हिनामिना गरेको आरोपमा एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथस्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी छन् ।

दोलखा, मेलुङ गाउँपालिका–६ निवासी ३४ वर्षीय केसीलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले जानकारी दिए ।
यो सहकारीमाथि बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपियाँ हिनामिना गरेको आरोप छ । सहकारीका अध्यक्षलगायतका व्यक्तिविरुद्ध २० वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो ।














