Logo
Logo

रेशम थुनाउने महिमानलाई उच्चद्धारा धरौटीमा छाड्ने आदेश सदर


3k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्ने आदेश उच्च अदालत पाटनबाट पनि सदर भएको छ ।

The current image has no alternative text. The file name is: Reshma-Chaudhari-Mahimansingha.jpg

जिल्ला अदालत काठमाडौंले महिमानलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्लाकै आदेश सदर गरेको हो ।

महिमानलाई जेठ ५ गते जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । 

उक्त आदेशविरुद्ध रेशम र महिमान छुट्टा छुट्टै निवेदन लिएर उच्च अदालत पुगेका थिए । तर उच्चले जिल्लाको आदेश बेरितको नदेखिएको भन्दै सदर गरिदिएको हो ।

विष्टले अनधिकृत रूपमा पत्र लेख्दा सोही पत्रका आधारमा प्रहरीले रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरेको थियो । तर अदालतले उक्त पत्र आधिकारिक नभएको स्पष्ट पारेपछि त्यसै दिन छाडिएको थियो ।  महिमानलाई सोही पत्र लेखेका कारण लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्