Logo
Logo

चक्रे मिलन समूहको गाडीबाट २ वटा खुकुरी र रड बरामद


5.5k
Shares

काठमाडौं । प्रहरीले चक्रे मिलन भनिने मिलन गुरुङ समूहको गाडीबाट खुकुरी र रड बरामद गरेको छ । बुधबार राति महाराजगञ्जस्थित होटल साम्बालाबाट बर्थडे केक काट्दै गरेको अवस्थामा पक्राउ परेका चक्रे मिलनसहित ४७ जनाको यो समूहको गाडीबाट खुकुरी र रड बरामद भएको हो ।

एउटा गाडीबाट २ थान खुकुरीर केही थान रडहरु बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिए । पक्राउ परेकाहरुले उक्त खुकुरी र रडहरु आफ्नो सुरक्षाका लागि राखेको प्रहरीसमक्ष बयान दिएका छन् ।

गाडीको लावालस्करसहित बाटो अवरुद्ध गरेर चक्रेलाई स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाएको थियो ।

त्यसको दुई तिनदिनपछि बिहीबार राति प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । अहिले उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्