Logo
Logo

रुख ढल्दा टौवामा ओत लागेका दुई जनाको मृत्यु, तीन घाइते


819
Shares

काभ्रपलाञ्चोक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: Accident.jpg

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज शुक्रवार दिउँसो ३:३० बजेतिर झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो ।

रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए । पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो । त्यसले ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेलाई किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन  र ७ वर्षीय सुशील थिङ घाइते भएका छन् । घाइतेमध्ये अवस्था गम्भीर भएकाले सिर्जना र सन्ध्यालाई थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको छ भने सुशील थिङको उपचार पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्