Logo
Logo

‘भात छैन थालमा, राहत छैन हातमा !’


189
Shares

काठमाडौं । सरकारले मधेशलाई सुख्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपनि दिर्घकालीन योजना नल्याएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सङ्घ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरूले विरोध स्वरूप प्रदर्शन गरेका हुन् ।

‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’, ‘भात छैन थालमा राहत छैन हातमा !’ जस्ता नारा लगाउँदै मधेशका युवाहरू शुक्रवार काठमाडौंको माइतीघरमा भेला भएर सरकारको ध्यानाकर्षण गराएका छन् ।

चुरे संरक्षणमा जोड दिनुपर्ने भन्दै उनीहरूले सुक्खा प्रभावित किसानहरूलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न माग गरेका छन् । यस्तै किसानलाई २४ घण्टा निस्शुल्क बिजुली उपलब्ध गराउनुपर्ने, तराई–मधेशका किसानलाई नगद क्षतिपूर्ति दिनुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर युवाहरू प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्