Logo
Logo

माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शनिबार बिहान ११ बजेबाट बैठक सुरू हुने पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

आजको बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेछन् । शुक्रबारदेखि सुरू भएको बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ र बैठकको एजेन्डा प्रस्तुत गरेका थिए ।

शुक्रबार अध्यक्ष प्रचण्डले राखेको एजेन्डामाथि स्थायी कमिटी सदस्यहरूले शुक्रबार धारणा राख्ने सापकोटाले बताए । उनाक अनुसार सदस्यहरूलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको छ ।

जारी स्थायी समिति बैठकमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषयमा छलफल हुने एजेन्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्