Logo
Logo

पार्टी फुट्दैन, एकीकृत समाजवादी र नेकपासँग एकता गर्छौं : वर्षमान पुन


2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोधले पार्टी विभाजन नहुने बताएका छन् । शनिवार स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्रका मतभेद छलफलबाट समाधान गरी प्रचण्डकै नेतृत्वमा एकताबद्ध भएर अघि बढ्ने बताए ।

The current image has no alternative text. The file name is: barsaman-pun-aanant.jpg

पुनले विचार मिल्ने दलहरूसँग पार्टी एकताको पहल भइरहेको पनि उल्लेख गरे । ‘कतिपय मानिसले एकता हुन लागे भनेपछि धेरै भ्रम फैलाउने गर्छन् । एकता हुन नदिने कोसिस गर्छन् । नियमित छलफल र बहसबाट मतभेद साँघुराउँदै जान्छौँ ।  हामीले नियमित काम गरिरहेका छौँ । हामी धेरै हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौँ,’उनले भने । 

नेकपा एकीकृत समाजवादी र नेकपासँग नियमित छलफल र बहसबाट एकताको एजेन्डा अघि बढाइएको उनको भनाइ छ ।  ‘समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छलफल गरी मतभेद साँघुराउँदै एकताबद्ध हुने प्रयासमा छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्