Logo
Logo

सरकारले कानुन बनाएर विदेशी सेना नेपाल ल्यायो : भीम रावल


2k
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारले कानुन बनाएर विदेशी सेनालाई नेपाल प्रवेश गर्न बाटो खोलेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । 

The current image has no alternative text. The file name is: bhim-rawal.jpg

उनले भने, ‘मैले सुनेको छु, एउटा कानुन ल्याइएको छ । विदेशी कम्पनीले नेपालका नदीनालाबाट जलविद्युत् उत्पादन गर्ने र त्यसको सुरक्षा पनि उनीहरूले नै गर्ने भनिएको छ । अब भन्नुस्, यसले विदेशी सेना नेपाल आउने बाटो खोल्दैन र ? विदेशी सेना आएपछि हामीलाई सजिलै छाड्छन् त ?’ यस्तै, उनले नागरिकता सम्बन्धी नयाँ कानुनप्रति पनि आपत्ति जनाए ।

उनले भने, ‘हालै संसदबाट पारित कानुनअनुसार अब नागरिकता लिन बाबुको नाम र ठेगाना खुलाउनु नपर्ने भयो। यस्तो व्यवस्थाले देशलाई कहाँ पुर्‍याउन खोजिएको छरु वंशजको नागरिकता भनिन्छ, तर बाबुको नाम र ठेगाना हटाएपछि वंशजको अर्थ रहन्छरु यस्तो नीतिले हाम्रो देशको भविष्य जोखिममा पर्छ ।’

प्रतिक्रिया दिनुहोस्