
एजेन्सी । गाजा क्षेत्रमा युद्ध रोक्ने प्रयास भइरहेका बेला हमासले आफ्नो युद्धविराम नरोक्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको युद्धविराम प्रस्तावको जवाफ दिँदै हमासले युद्ध रोक्न अस्वीकार गरेको हो ।
इजरायलले युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने सर्त राखेको थियो । त्यसमा हमाासले प्यालेस्टाइन सम्प्रभू देश नबनेसम्म हतियार नबिसाउने जवाफ दिएको बीबीसीले जनाएको छ ।
इजरायलले युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने प्रमुख सर्त राख्दै आएको छ । इजरायल र हमास आआफ्नो अडानमा कायम रहेकाले युद्धविरामका लागि पछिल्लो समय भइरहेको वार्ता पनि रोकिएको छ ।











