Logo
Logo

बालकृष्ण र टोपबहादुरसहितको मुद्दा न्यायाधीश भट्टको इजलासमा


8.2k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आज नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै छ । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको सुनुवाइका लागि न्यायाधीश डा. दिवाकर भट्टको इजलासको पहिलो नम्बरमा पेसी परेको छ ।

मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेलेको आरोप लागेकामध्ये तत्कालीन उपप्रधानमन्त्री रायमाझी, गृहसचिव पाण्डेसहित केहीमात्र थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्