Logo
Logo

१५ लाख भूमिहीनलाई पुर्जा बाँड्ने तयारीमा सरकार


1k
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पुर्जा उपलब्ध गराउने सरकारको तयारी रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: samiti.gif

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीको विवरणबारे छलफलमा मन्त्री अधिकारी सो जानकारी दिए । 

हालसम्म जग्गा धनी पुर्जाका लागि ९९ हजार १ सय ८६ भूमिहीन दलित, १ लाख ६८ हजार १ सय ५ भूमिहीन सुकुम्बासी र ८ लाख ७५ हजार ४ सय १० अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिएको मन्त्री अधिकारीले बताए । 

उनले अझै पनि २ सय ८ पालीकाले विवरण सङ्कलनको काम सम्पन्न गर्न बाँकी रहेको बताउँदै यो सङ्ख्या करिब १५ लाख पुग्न सक्ने अनुमान गरिएको बताए । भूमिहीन सुकुम्बासी र दलितको हकमा अहिले बसेको स्थानमा नै त्यही ठाउँमा जग्गा दिने व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्