Logo
Logo

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा


1.8k
Shares

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । ९ साउन २०८१ मा मुख्यमन्त्री बनेका लामाले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेका हुन् ।

The current image has no alternative text. The file name is: bagmati-1.gif

नेपाली कांग्रेसबाट तामाङ समुदायका पहिलो मुख्यमन्त्री बनेका उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको बताए । साँझ ६ बजे पत्रकार सम्मेलनमा लामाले आफ्नो कार्यकालको प्रगति सुनाउँदै इमान्दारीपूर्वक काम गरेको दाबी गरे । 

उनले आफ्नै दलभित्रको प्रपञ्चका कारण सरकार छोड्नुपरेको र यसले लोकतन्त्र तथा गणतन्त्रमाथि खतरा देखिएको बताए । लामा साउन १४ गते पार्टीको प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग दलको नेताको निर्वाचनमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्