Logo
Logo

प्रधानमन्त्री दुबईमा, राजदूतले गरे स्वागत


2.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुबई पुगेका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागि हुनका लागि तुर्कमेनिस्तान जाने क्रममा प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका हुन् ।

उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरे । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११ः ५५ बजे फ्लाइट दुुबइको उडानबाट दुुबई प्रस्थान गरेका हुन् ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री त्यहाँ जान लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्