Logo
Logo

११ निर्माण कम्पनी परे कालो सूचीमा


504
Shares

काठमाडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि २ वर्षसम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

ती निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्