Logo
Logo

बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु 


441
Shares

काठमाडौं । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ । आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

The current image has no alternative text. The file name is: bagamati.gif

नयाँ मुख्यमन्त्री नियुक्तिका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाबाट दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यले दाबी पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार उक्त पदका लागि दाबी पेस गर्ने आह्वान गरिएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले एक विज्ञप्ति जारी गर्दै उक्त प्रक्रियाअनुसार, बहुमत प्राप्त गर्न सक्ने दाबी प्रस्तुत गर्न मङ्गलवार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेस गर्नुपर्ने जनाइएको छ ।

मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) बमोजिम राजीनामा दिएका थिए । उनको राजीनामा पत्र पाएलगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्