Logo
Logo

पार्टीमा गुटबन्दी अन्त्य गर्ने सङ्कल्प लिएका छौँ : प्रचण्ड


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन् । मङ्गलवार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणमा माओवादीले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरे ।

The current image has no alternative text. The file name is: prachand.gif

 ‘हाम्रो पार्टीले परिवर्तनमा महत्त्वपूर्ण योगदान गरेको छ । एकताबद्ध पार्टी निर्माणको चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ,’ उनले भने । 

प्रचण्डले पार्टीभित्रको गुटबन्दी र समूहगत स्वार्थलाई अन्त्य गर्न सामूहिक प्रतिबद्धता जनाइएको दाबी गरे । ‘हामीले सबै खाले गुटबन्दी र समूहबद्धताको अन्त्य गर्ने सङ्कल्प लिएका छौँ । पार्टी एकताबद्ध छ र अझ सशक्त एकताका साथ अगाडि बढ्छ,’ उनले भने ।

बैठकले मुलुकमा देखिएका समस्याहरू समाधान गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको निष्कर्ष निकालेको प्रचण्डले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्