काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

तुर्कमेनिस्तानमा भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशको विकासमा योगदान गर्न प्रेरित गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् : ‘तुर्कमेनिस्तानमा सम्मेलनमा सहभागी छु । नेपालमा कक्षा १२ को नतिजा प्रकाशित भएको खबर पाएँ । बधाई छ नानीबाबुहरू ! तपाईँहरूको मेहनत र लगनले सफलता प्राप्त भएको छ । अब नेपालमै बसेर उच्च शिक्षा लिने र देशको प्रगतिमा योगदान गर्ने नयाँ यात्रा सुरु गरौँ । पुनः सबैलाई बधाई !’ राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।














