Logo
Logo

गुल्मीमा डहरे खोलाले बगायो कार


315
Shares

गुल्मी । मङ्गलवार बिहान ११:४५ बजे डहरे खोलाले सत्यवती गाउँपालिका-६ उर्लीखोलामा शान्तिपुरबाट बुटवल जाँदै गरेको बीएए००१७ नम्बरको कार बगाएको छ ।

The current image has no alternative text. The file name is: car.gif

खोलाले कारलाई ५० मिटर तल पुर्‍याए पनि स्थानीय र ट्याक्टरको सहायताले निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार कारमा क्षति पुगे पनि मानवीय क्षति भएको छैन । पक्की पुलको अभावले डहरे खोलामा वर्षातको समयमा सडक अवरुद्ध हुने र सवारीसाधन बगाउने समस्या बारम्बार भइरहेको छ ।

आइतबारदेखिको अविरल वर्षाले खोलामा पानीको बहाव बढ्दा रिडी–वामिटक्सार सडकखण्डमा सवारीसाधन आवागमनमा कठिनाइ भएको छ । पक्की पुल नहुँदा यो क्षेत्रमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । हाल सत्यवती र चन्द्रकोट गाउँपालिकाका विभिन्न खोलाहरूमा पुल निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्