Logo
Logo

गणतन्त्रले देशको हित गर्दैन : कमल थापा


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले मुलुकमा व्याप्त बेथिति, विकृति र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि बलियो राष्ट्रवादी शक्ति आवश्यक रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: kamal-thapa.gif

मङ्गलवार पार्टीको काठमाडौं क्षेत्र नं९१ द्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६२/६३ को राजनीतिक मार्गचित्र पूर्ण रूपमा असफल भएको दाबीसमेत गरे ।

अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताले देशको हित गर्न नसक्ने बताए । उनले देश र जनताले नयाँ वैकल्पिक शक्तिको खोजी गरिरहेको बताए ।

उनले भने, ‘कुशासन, भ्रष्टाचार, बेरोजगारी, महँगी र धर्म परिवर्तनजस्ता समस्याले देश जर्जर बनेको छ, यसलाई रोक्न अब जनता जुरुक्क उठ्नुपर्छ ।’ उनले यी विकृतिविरुद्ध आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल, श्याम घिमिरे, पुष्पा खरेल भट्ट, उज्ज्वल पोखरेल लगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्