काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका मध्ये २४ जनालाई सर्टलिस्टमा राखेको छ ।

मन्त्रालयले मङ्गलवार ३ महिनादेखि रिक्त उपकुलपति पदमा आवेदन दिएका मध्ये २४ जनाको नाम सर्टलिष्टमा प्रकाशन गरेको हो । मन्त्रालयले सर्ट लिष्टमा रहेका २४ जनाको साउन २२ र २३ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ता हुने जनाइएको छ ।
४ स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाले आवेदन दिएका थिए । जसमध्ये कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि प्रत्येक प्रतिष्ठान मध्ये ६९६ जनालाई सटलिस्टमा राखेको छ ।
४ प्रतिष्ठानमा उपकुलपति पद गत चैतदेखि रिक्त छन् । उपकुलपतिविहीन भएको २ महिनापछि गत जेठ १४ गते चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा समिति बनेको थियो ।
समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा आरपी बिच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा छन् ।
















