Logo
Logo

रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखियो : माधव सापकोटा


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानीमा राज्य व्यवस्था समितिका सभापतिको कार्यशैली रहस्यमय देखिएको बताएका छन् । 

The current image has no alternative text. The file name is: madhab-sapkota-1.gif

मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले कुलिङ पिरियडका विषयमा छानबिन गर्ने क्रममा सरोकारवालासंग छलफल गर्दा समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिएको बताए । 

सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको छानबिन समितिको ठहर रहेकाले नैतिकता भए राजीनामा दिनुपर्ने उनले बताए । सांसद सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानी नियतजन्य रूपमा गरिएको कमजोरी भएको बताए । 

उनले कानूनतः प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरू सभापति र सचिव दुवै जनाले यसको जिम्मेवारी लिनुपर्ने र नैतिक रूपमा गल्ती स्वीकार गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्