Logo
Logo

राप्रपा र रास्वपा सांसदद्वारा आजपनि संसद बहिस्कार


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजपनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका राप्रपा र रास्वपाका सांसदहरुआजपनि आआफ्ना भनाइ राखेर बबैठकबाट बाहिरिएका हुन् ।

बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका उनीहरुलाई सभामुख देवरााज घिमिरेले बोाल्न समय दिएका थिए । त्यसपछि रास्वपा सांसद समेत रहेका प्रवक्ता मनीष झा र राप्रपा सांसद रोशन कार्कीले आफ्ना कुरा राखे । लगत्तै उनीहरू बैठक छाडेर बाहिरिएका छन् ।

सांसद झाले भिजिट भिसा र त्यसबारे सिर्जित समस्याको समाधानका लागि सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे ।
साथै, उनले कुलिङ पिरियडमा देखिएको गडबडीमा सभापति रामहरि खतिवडा जिम्मेवार भएपछि पदमा बस्न उचित नहुने बताए ।

‘हामीलाई पटकपटक नैतिकता र नालायकीपनको प्रश्न सोध्ने गरिन्थ्यो । राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ,’ उनले भने, ‘यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो । यो नालायकीपनको जवाफ कसले दिने ?’

राप्रपा सांसद कार्कीले आफूहरू आन्दोलिन हुँदा किन बैठक चलाइरहेको भन्दै सभामुखलाई प्रश्न गरिन् । ‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो ?’, उनको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्