Logo
Logo

नेपाली कामदारले ई-७ भिसामार्फत कोरिया जान नपाउने 


2.8k
Shares

काठमाडौं ।  ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन् । वैदेशिक रोजगार विभागले मङ्गलवार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०  कार्यान्वयन नहुने बताएसँगै ई-७ भिसामा कोरिया जाने बाटो  बन्द भएको हो । 

The current image has no alternative text. The file name is: koreaa.gif

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ ।  हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्