Logo
Logo

दसैँ लक्षित व्यवस्थापन : घटस्थापनादेखि असोज २२ सम्म रुट परमिट खुला


315
Shares

काठमाडौँ । दसैँको यात्रालाई सहज बनाउन घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गरिने भएको छ।

यातायात व्यवस्था विभागमा बसेको सरोकार निकायको बैठकले मध्यम तथा लामो दूरीमा अग्रिम टिकट बुकिङ निरन्तरता, अनलाइन टिकट प्रणाली प्रवर्द्धन र सवारीहरूको अनुगमन कडा बनाउने निर्णय गरेको छ।

प्रमुख निर्णयहरू :-

-यात्राका लागि अनिवार्य टिकट र यात्रु विवरणसहितको चलानी आवश्यक

-अनधिकृत काउन्टर र व्यक्ति मार्फत टिकट बिक्री निषेध

-खाद्यान्नबाहेकका ठूला ट्रेलर सवारी साधन नारायणघाट–काठमाडौँ मार्गमा प्रतिबन्धित

-मादकपदार्थ सेवन र गाडीको यान्त्रिक अवस्थाको अनिवार्य परीक्षण

-काठमाडौँ उपत्यकाका १५ स्थानमा नागरिक सहायता कक्ष स्थापना

-अनुगमनका लागि संयुक्त टोली गठन, प्रदेश मन्त्रालयहरूसँग सहकार्य

चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि विशेष निगरानी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्