काठमाडौं । नेकपा एमालेका निवर्तमान सांसदहरूले सिंहदरबारको अवलोकन गरेका छन् । उनीहरूले दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय, नेपाली कांग्रेसको संसदीय दलको कार्यालयसहितका संरचनाहरूको अवलोकन गरेका हुन् । दुवै दलको संसदीय दलको कार्यालय आगलागीले ध्वस्त भएको छ ।

यही भदौ २४ गते भएको आगलागीका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, शिक्षा मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका संरचना समेत जलेका छन् । एमालेका निवर्तमान सांसदहरू यी संरचनाको अवलोकन गर्न पुगेका हुन् ।
ती कार्यालयहरूमा भएको आगजनी एमालेका निवर्तमान सांसदहरूले अवलोकन गरेका हुन् । जेनजी आन्दोलनका क्रममा सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतका सयौँ सरकारी कार्यालयहरू जलेर नष्ट भएका छन् । विभिन्न ठाउँमा भएको आगलागीका कारण ठुलो जनधनको क्षति भएको छ ।














