Logo
Logo

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित २ भारतीय पक्राउ


630
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय पण्डरपरम्बिल खानी फैजल र २६ वर्षीय एडथुमकुनेल रहीमशेहीम रहेका छन् ।

विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने १० किलो नौ सय १५ ग्राम बस्तुसहित उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूको लगेज जाँच गर्दा लागुऔषध फेला परेको थियो । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्