Logo
Logo

रिभल्वर र बिनेटसहित एक जना पक्राउ


0
Shares

काठमाडौँ । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ नयाँ बस्तीबाट रभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिए ।

उनले भने,’प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले निजको कोठाको तलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थानसहित फेला पारी पक्राउ गरेको हो ।’पक्राउ परेका निज तामाङका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्