Logo
Logo

जेनजी आन्दोलनले पर्यटन क्षेत्रको मनोबल घटायो : पर्यटन बोर्ड


315
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनले नेपालको पर्यटन क्षेत्रको मनोबलमा नकारात्मक असर पारेको बताएको छ । बोर्डले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले पर्यटन उद्योगको उत्साह घटाएको जनाएको हो ।

The current image has no alternative text. The file name is: joshi.gif

विश्व पर्यटन दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गत वर्षको तुलनामा पर्यटक आगमन ४५ प्रतिशतले घटेको तथ्याङ्क प्रस्तुत गरे ।

उनले गत वर्ष असोजको पहिलो हप्तामा ३,३००-३,४०० पर्यटक आएकोमा यस वर्ष जेनजी आन्दोलनका कारण यो सङ्ख्या घटेर १,६०० मा झरेको बताए । यद्यपि, थप अप्रिय घटना नभएमा अवस्था सुध्रने बोर्डको विश्वास छ । 

पर्यटन बोर्डले पर्यटक भित्र्याउन प्रभावकारी सूचना प्रणाली स्थापना गरेको दाबी गरेको छ । प्रमुख कार्यकारी अधिकृत जोशीले दिगो पर्यटन प्रवर्द्धनका लागि सूचना व्यवस्थापनलाई सुदृढ बनाइएको र यसलाई सरकारी तथा निजी क्षेत्रको संयुक्त पहलमार्फत अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्