Logo
Logo

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका ओलीले के भने ?


1.4k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विषम परिस्थिति सिर्जना भएको बताएका छन् । भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा सङ्घको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले एमालेले सधैँ देशको विकास र समृद्धिका लागि काम गरेको दाबी गरे ।

The current image has no alternative text. The file name is: oli-3.gif

तर, सामाजिक सञ्जालको दुरुपयोग, झुटा प्रचार र विभिन्न जालझेलमार्फत यस्तो अवस्था ल्याइएको उनको आरोप छ । ओलीले एमाले नेतृत्वका सरकारले सधैँ जनहितमा काम गरेको उल्लेख गर्दै देशलाई गलत दिशातर्फ लैजाने प्रयास भइरहेको बताए ।

उनले पार्टीले उठाएका विकास र समृद्धिका एजेण्डामाथि प्रहार भएको जिकिर गरे । सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक कुराले जनतालाई भ्रममा पारिएको उनको भनाइ छ । 

उनले युवाहरूलाई एकजुट भएर सत्य र विकासको पक्षमा उभिन आह्वान गरे । एमालेले देश र जनताको हितमा काम गर्न सधैँ प्रतिबद्ध रहने उनको जोड थियो । यस्ता चुनौतीका बीच पनि पार्टीलाई बलियो बनाएर अघि बढ्ने उनले बताए । यो कार्यक्रममा उनले युवा सङ्घलाई देश निर्माणमा सक्रिय भूमिका खेल्न निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस्