Logo
Logo

विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन मन्त्री घिसिङको आग्रह


315
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले सडक, सिँचाइ तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै निकायका कर्मचारीलाई विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन आग्रह दिएका छन् ।

आफूले नेतृत्व गरेका मन्त्रालय तथा मातहतका निकायका प्रमुखहरूसँग आज भएको छलफलमा उनले सडक, सिँचाइ सञ्जाल र ‘हाइड्रोपावर’ का संरचनालाई बाढी पहिरोबाट जोगाउन तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

आज साँझदेखि आइतबार बिहानसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले मन्त्री घिसिङले भौतिक पूर्वाधार संरक्षणका निम्ति बजेट अभाव देखाएर पन्छिन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्