Logo
Logo

कुलेश्वरको सुकुम्बासी बस्तीका एक सय घरधुरीलाई सारियो


441
Shares

काठमाडौं । बागमती नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि कुलेश्वर नजिकको सुकुम्बासी बस्तीका एक सय घरधुरीलाई जनविकास मावि बल्खुमा स्थानान्तरण गरिएको छ ।

दिउँसो काठमाडौं महानगरपालिका-१४ स्थित बल्खु बागमती खोलामा पानीको बहाब बढेर बस्तीमा पानी पसेको थियो । प्रहरीले उनीहरुलाई उद्दार गरेको छ । अहिले बागमती नदीले खतराको तह पार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्