Logo
Logo

उपत्यकाका करिडोर सडकमा राति सवारी आवागमन बन्द


567
Shares

काठमाडौं । काठमाडौँ उपत्यकाको करिडोर सडकमा राति सवारी आवागमन बन्द गरिएको छ।

काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक ९कोरिडर सडक०मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन विपद प्राधिकरणले भनेको छ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भइरहेको र आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुवानमा परी जोखिम बढ्ने संभावना रहेकाले बन्द गराउन भनिएको हो।

प्रतिक्रिया दिनुहोस्