Logo
Logo

इलाममा पहिरोले पुरिँदा दुईको मृत्यु, १० जना बेपत्ता


882
Shares

इलाम । इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने कम्तिमा १० जना बेपत्ता भएका छन् ।

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर, कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामको इलाम नगरपालिका वडा नं. ६ घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ बालबालिकाको मृत्यु भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ ।

यस्तै, माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् । त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा बाढी पहिरोले क्षति पु¥याएपनि संख्या एकिन हुन बाँकी रहेको बताइन् । पानी पर्न रोकिएकाले बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्