Logo
Logo

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी खुल्यो


3.1k
Shares

काठमाडौँ । पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ–नारायणगढ सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो हटाइएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको हो ।

अझैपनि ठाउँ ठाउँमा ससाना पहिरो र ढुङ्गा खस्नेक्रम भने रोकिएको छैन । त्यसैले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्